Ad Image

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा ‘प्रोजेक्ट डल्फिन’को घोषणा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743766703.PNG

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा सञ्चालिन साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनले  ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । विश्व जलचर जनावर दिवस अर्थात ‘वर्ल्ड अक्वाटिक एनिमल डे’ को अवसरमा विहीबार पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा बीवाईडीले ‘प्रोजेक्ट डल्फिन’को घोषणा गरेको हो ।

 

यो प्रोजेक्टले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरुलाई एकै स्थानमा ल्याउने बताइएको छ । यो प्रोजेक्ट डल्फिन संरक्षणका साथ साथै डल्फिनका लागि नदी संरक्षण गर्ने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा बासस्थानको रुपमा प्रयोग गरिरहेका समुदाय बचाउने प्रोजेक्ट भएको बीवाईडीले जनाएको छ ।

 

बीवाईडीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गंगा नदीमा रहेका डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ । नेपालमा बीवाईडी डल्फिन ईभी लोकप्रिय छ । बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बीचको उल्लेखनिय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।’

 

कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले सीबीसीएफ प्रोजेक्ट डल्फिन केवल डल्फिन बचाउने मात्र नभई धेरै ठूलो कार्य भएको बताए । उनले यो अभियान डल्फिनका लागि नदी बचाउने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा बासस्थानको रुपमा प्रयोग गरिरहेका समुदाय बचाउने कार्य समेत भएको दाबी गरे ।

 

उक्त घोषणा कार्यक्रममा वन्यजन्तु संरक्षणमा योगदान पुर्याउने ‘गुलेली बाजे’ को नामले परिचित ९१ वर्षिय भोजराज श्रेष्ठलाई सम्मान समेत गरिएको छ । त्यसैगरी कार्यक्रममा बालबालिकामा सचेतना जगाउने उद्देश्यले बाल पुस्तक ‘डल्फिनको सपना’ समेत लोकार्पण गरिएको छ ।