इजरायली ड्रोन आक्रमणबाट दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु


एजेन्सी । लेबनानको सिडोनमा इजरायली ड्रोन आक्रमणबाट हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको छ । इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गर्दा हमासका नेतासहित तीन जनाको मृत्यु भएको हो ।
लेबनानको सुरक्षा स्रोतका अनुसार क्षेप्यास्त्र प्रहारबाट अपार्टमेन्टमा आगलागी भएको थियो । अपार्टमेन्टमा फैलिएको आगो अग्नि नियन्त्रक तथा नागरिक सुरक्षाका कर्मचारीहरूले निभाएको थियो । लेबनानी रेड क्रसका एम्बुलेन्सले हमासका नेता र उनका दुई छोराको शव अस्पताल पुरÞ्याएको थियो ।
सन् २०२४ नोभेम्बर–२७ मा सुरु भएको हमला हेजबुल्लाह र इजरायलबीचको युद्धविरामको बावजुद इजरायली सेनाले लेबनानको सिमानाका पाँच प्रमुख बिन्दुहरूमा सैन्य उपस्थिति कायम राखेर आक्रमण गरिरहेको छ ।