Ad Image

अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743905736.jpg

रुपन्देही । अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लुटीपोखरीदेखि खनदह जाँदै गरेको लु २ च २९९० नम्बरको डवलक्याप जिप ढुङ्गागाडेमा दुर्घटनामा परेको हो । 

 

दुर्घटनामा परि जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका ४ का २१ वर्षीय दिलीप खनाल  र सोही ठाउँका २३ वर्षीय वालकृष्ण रिजालको मृत्यु भएको छ भने सोही ठाउँकै भुवन पोखरेल र वसन्त पोखरेल गम्भीर घाइते भएका छन् ।
 

गम्भीर घाइतेहरूलाई सन्धिखर्कमा सामान्य उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ। सडकबाट २ सय ५० मिटर भन्दा तल खसेको हो । रातिको समयमा सडकबाट धेरै तल अप्ठ्यारोमा जिप खसेकाले उद्धारमा समेत समस्या भएको बताइएको छ ।