प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन


लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको आज एक समारोहबीच आज उद्घाटन गरेका छन्।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ।
दुई दिनसम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका मद्दत पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन्
।
यसअघि प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो। संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ
।
पाकिस्तानको लोहारबाट सयौँ वर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जङ्गलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ । २०७६ सालमा नेपाल सरकारले सय गन्तव्यभित्र पाणिनि तपो भूमिलाई पनि समेटेको थियो ।