मेयरसाप

केपी ओली

राजनीति

भरतपुर महानगरपालिका

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

भजनी नगरपालिका

बिरुवा

हिमाली गाउँपालिका

रोजगारी

जलजला गाउँपालिका

कलैयाको भरत चाेकमा नवनिर्मित पार्क उद्घाटन, नेपाली सेनाद्वारा नगरपालिकालाई हस्तान्तरण

Mayorsap

बुध, चैत २७, २०८१ | १७:२६ बजे

बारा । बारा जिल्ला सदरमुकाम कलैयाको प्रमुख स्थल भरत चौकमा नेपाली सेनाद्वारा पुनर्निर्माण गरिएको पार्कको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

 

पार्कको उद्घाटन नेपाली सेनाका मध्यपूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण प्रसाद जिसी र कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले संयुक्त रूपमा गरे ।

 

कलैयाको केन्द्रमा अवस्थित यो पार्क विगतमा जीर्ण भइसकेको थियो । त्यसको पुनर्निर्माण नेपाली सेनाको ब्रह्मपुरीस्थित ज्वालादल गणले गरेको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि उपरथी जिसीले उद्घाटन समारोहमा नेपालका सम्पूर्ण वर्ग र समुदायले देशको सुरक्षा र समृद्धिमा योगदान दिएको उल्लेख गर्दै, त्यसको संरक्षण सबैको साझा जिम्मेवारी रहेको बताए ।

 

पार्कमा मधेशका वीर सैनिकहरूको प्रतिनिधित्व स्वरूप नेपालको नक्साको दुबै छेउमा भाला बोकेका दुई मधेसी व्यक्तिहरूका मूर्तिहरू स्थापना गरिएको छ ।

उद्घाटनपछी उपरथी जिसीले पार्कको औपचारिक हस्तान्तरण नगरप्रमुख साहलाई गरेका थिए ।

 

नेपाली झण्डा फहराउँदै विधिपूर्वक सम्पन्न भएको उक्त समारोहमा उपप्रमुख राेशन प्रविन, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा नं‍ १ का वडाध्यक्ष मोहन क्षेत्री, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मीहरू र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology