Ad Image

मोटरसाइकल दुर्घटनामा परेर प्रहरी सहायक निरीक्षकको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744206596.jpg

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । 

 

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी ४५ वर्षीय बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो । उनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ ।