Ad Image

अमेरिकी राजदुतले पुटिन भेटेको दुइ दिन पछि रूसद्वारा युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744547727.jpg

कीभ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।

 

यो जानकारी दिँदै युक्रेनले रुसले सर्वसाधारणमाथि गरेको यो अर्को घातक आक्रमण भएको बताएको छ । क्षेप्यास्त्र आक्रमण त्यस समयमा भएको थियो जब एक शीर्ष अमेरिकी अधिकारीले हालै रुस भ्रमण गरेका थिए । युक्रेनको सुमी सहर रुसको सिमाना नजिक छ र यो सहर विगत केही सातादेखि लगातार निशाना बनिरहेको छ ।


अमेरिकी राजदूत स्टिभ विटकफले रुसी नेता भ्लादिमिर पुटिनसँग भेट गरेको दुई दिनपछि सुमीमाथि यो हमला भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न आग्रह गरेबापत यो गरिएको हो ।


‘रसियाले सहरको केन्द्रमा ब्यालिस्टिक मिसाइलले आक्रमण गरेको थियो, जब सडकमा धेरै मानिसहरू थिए,’ युक्रेनको आपतकालीन सेवाले भन्यो, ‘मानिसहरू सडकको बीचमा, कारहरूमा, सार्वजनिक यातायातमा र घरहरूमा घाइते भएका थिए, प्रारम्भिक तथ्यांक अनुसार २१ जनाको मृत्यु भएको छ ।’


उनका अनुसार आक्रमणमा सात बालबालिकासहित ८३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।


युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोप र अमेरिकालाई कडा प्रतिक्रिया दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भने, ‘शत्रुको क्षेप्यास्त्रले शहरको सामान्य सडक, सामान्य जीवन, घर, शैक्षिक संस्था, सडकमा रहेका कारहरूलाई निशाना बनाएको छ ।’


उनले यो पनि भने, ‘यो त्यो दिन भयो, जब मानिसहरू चर्च जान्छन्, पाम आइतबार, यरूशलेममा प्रभुको प्रवेशको चाड।’