Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

शिक्षक महासंघले भन्यो– हामी निर्णायक मोडमा छौं, आन्दोलन रोकिदैन

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत ३२ गते १०:२४
Image of storage/news/1744778372.jpg

काठमाडौं । शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ । सरकारले वैशाख १२ गते संसद बोलाएर शिक्षा विधेयक पारित गर्ने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षकहरुको माग पुरा गर्न संसदमा विचाराधीन विधेयक पारित गर्न संसद अधिवेशन आह्वान गरेको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो वैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरूलाई धन्यवाद । आज वैशाख ३ गते सदा झैं ठिक १२ बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ ।’ 
 
उनले अगाडी भनेको छन, अब हामी निर्णायक मोडमा आइपुगेका छौं ।  हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ  बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन । 

 

देश भरिका सबै साथीहरू आन्दोलनको  यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नु होला उनले भनेको छन।’

 

‘अनधिकृत विचार, अफबाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।’ उनले लेखेका छन, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति–बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।’  सरकारले प्रदर्शन फिर्ता लिन अनुरोध गरे पनि महासंघ भने पछि नहट्ने देखिएको छ।


Facebook Comments