कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार


कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित आफ्नै निवासमा उनीमाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए ।
तर,अध्यक्ष चौधरीले भने घर कम्पाउन्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको प्रहरीलाई जानकारी गराएका छन । तर, कम्पाउन्ड बाहिरबाट हानेको गोली छल्न सफल भएकाले आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र यसबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।