जग्गा उपलब्ध गराउने जग्गादातालाई त्रिवेणी गाउँपालिकाले गर्यो सम्मान

रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरेको छ । नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहको अवसरमा निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई पालिकाले सम्मान गरेको हो ।
पालिकाका लागि निःशुल्क जग्गा उपलब्ध गराउने ३५ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिए । उनीरुलाई पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले सम्मान गरेका हुन् । पालिका भवनलगायत अन्य संरचना निर्माणका लागि स्थानीयवासी मिलेर पालिकालाई १५ हजार १४५ वर्गमिटर जग्गा उपलब्ध गराएका थिए ।
सांसद शर्माले एक समारोहबीच उक्त भवन उद्घाटन गरे । रु. आठ करोड २८ लाखको लागतमा सो भवन निर्माण गरिएको हो । यसअघि पालिकाले कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।