बैंकिङ कसुर मुद्दाका फरार एक व्यक्ति पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय एक राज श्रेष्ठ रहेका छन् । सिन्धुली तीनपाटन गाउँपालिका-३ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाईआवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।