Ad Image

एनएसएल फाइनल आज : उपाधिका लागि ललितपुर र पोखरा भिड्दै

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745631827.jpg

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनल आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स उपाधिका लागि भिड्दैछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिड्न आइपुगेको हो । 
 

आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट म्यानेजमेन्ट फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताको पुरस्कार राशी घोषणा गरेको छ । जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।