Ad Image

केही वर्षपछि अमेरिकामा मुस्लिम जनसंख्या हुनेछ दोब्बर, सबैभन्दा बढी पाकिस्तानी

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745640662.jpg

वासिङ्टन । सन् १९९० देखि २०३० सम्म अमेरिकामा मुस्लिम अध्यागमनमा ठूलो वृद्धि हुने देखिएको छ । यस श्रृङ्खलामा पाकिस्तान, बंगलादेश र इरान जस्ता देशबाट आउने मुस्लिमहरूको जनसंख्या संख्या थप बढ्ने देखिएको हो । सन् १९९० को दशकदेखि अमेरिकामा मुस्लिम आप्रवासीको संख्यामा लगातार वृद्धि भएको छ ।

 

प्यू रिसर्च सेन्टरको प्रतिवेदन अनुसार सन् १९९२ मा मुस्लिम आप्रवासीको संख्या झण्डै ५०,००० बाट बढेर सन् २००९ सम्म १ लाख १५,००० भन्दा बढी पुगिसकेको छ।  रिसर्च सेन्टरको रिपोर्टले देखाउँछ कि अमेरिकी समाजमा मुस्लिम समुदायको सहभागिता सांस्कृतिक रूपमा मात्र नभई जनसंख्या स्तरमा पनि निरन्तर बढिरहेको छ।

 

२००१ मा ९/११ आतंकवादी हमला पछि अमेरिकाले आफ्नो अध्यागमन कानूनलाई कडा त बनायो, जसले वृद्धिमा अस्थायी गिरावट पनि ल्यायो । तर, सन् २००९  पछि भने यो संख्या फेरि बढ्न थालेको छ, जसले अमेरिकामा बढ्दो मुस्लिम समुदायलाई सङ्केत गरेको छ । सो प्रतिवेदन अनुसार सन् २०३० सम्ममा प्रत्येक वर्ष करिब १ लाख ३० हजार मुस्लिमहरूले अमेरिकामा स्थायी बसोबासको स्थिति प्राप्त गर्न सक्नेछन्। तीमध्ये सबैभन्दा ठूलो संख्या पाकिस्तानबाट आउनेहरूको हुनेछ, जुन प्रति वर्ष लगभग २२,००० भन्दा बढी हुनेछन् ।

 

अमेरिका आउने अन्य मुस्लिम देशहरूको सूचीमा पाकिस्तानपछि बंगलादेश (१६ हजार), सोमालिया (१४ हजार), इरान (११ हजार) र इराक (७ हजार) आउने छन् । मुस्लिम देशबाट अमेरिका आउनेमा सबैभन्दा धेरै पाकिस्तानी रहेका छन् । अमेरिकामा रहेका कुल ८८.५५ प्रवासी मुस्लिमको आधारमा ९६.४५ प्रतिशत मुस्लिम जनसंख्या पाकिस्तानी छन् ।

 

१९९२ मा संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्राप्त गर्ने सबै आप्रवासीहरूको ५.१ प्रतिशत मुस्लिमहरू थिए तर, २००९ सम्म यो १०.२ पुगेको थियो । अब उनीहरूको सन्तान पनि त्यहाँ जन्मिसकेका छन् । जसकारण  प्यू प्रक्षेपणका अनुसार अमेरिकाको अध्यागमन संरचनामा मुस्लिम समुदायको बलियो उपस्थितिलाई झल्काउने गरी सन २०३० सम्ममा यो हिस्सा ११.४ प्रतिशत सम्म बढ्न सक्छ।