सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

काठमाडौं । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा सुदीप न्यौपानेको हत्या भएको विरोधमा प्रदर्शन गरिएको छ । नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो ।
काश्मीर घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको छ ।प्रदर्शनमा 'हिन्दूको हत्या बन्द गर', 'इस्लामिक आतंकवाद मुर्दावाद' लेखिएको ब्यानर बोकिएको छ भने नारा समेत लगाएका छन् ।
आतङकवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।