एनएसएल : अपराजित रहँदै दोस्रो पटक च्याम्पियन बन्यो ललितपुर


काठमाडौं । ललितपुर सिटी फुटबल क्लव लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा च्याम्पियन बन्यो ।
ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए । ललितपुरले अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । दोस्रो पटक विजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पोखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।