सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. एक लाख ८९ हजार ७०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु. एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।
गत शुक्रबार एक तोला सुन रु. एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु. दुई हजारमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।