Ad Image

रोकिएको श्वेतपत्र आज जारी गर्दै विद्युत् प्राधिकरण

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746170294.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र जारी गर्ने भएको छ । रत्नपार्कस्थित प्राधिकरणको हलमा शुक्रवार दिउँसो २ बजे श्वेतपत्र जारी गर्ने लागेको प्राधिकरणले जनाएको छ  ।  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान कार्यकालमा भएका कामकार्बाही र प्राधिकरणको वर्तमान आर्थिक अवस्था र भावी योजना सहितको श्वेतपत्र जारी गर्न लागेका हुन् ।


आइतबार नै जारी गर्न सञ्चालक समितिबाट श्वेतपत्र स्वीकृत भए पनि ऊर्जा मन्त्री दीपक खड्काको निर्देशनमा रोकिएको थियो । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भएरगरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने देखिन्छ ।


प्राधिकरणले बनाएको श्वेतपत्रको मस्यौदा सार्वजनिक हुनुभन्दा अघि नै केही सार्वजनिक भइसकेको छ ।