Ad Image

केआईआईटीले प्रिशालाई दियो श्रद्धाञ्जली, खुलेन आत्महत्याको कारण

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746170788.jpg

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको निधनप्रति शोक व्यक्त गरेको छ ।


केआईआईटीले एक नोट सार्वजनिक गर्दै बिहीबार बेलुकी कजेलको होस्टलमा मृत भेटिएकी साहको निधनप्रति शोक व्यक्त गरेको हो ।


आज विश्वविद्यालयका वरिष्ठ पदाधिकारीहरू एकै ठाउँमा भेला भई उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै परिवार, साथीभाइ र सम्पूर्ण विद्यार्थी समुदायसँग ऐक्यबद्धता प्रकट गरेको जनाइएको छ ।


साहको असमायिक मृत्युले सम्पूर्ण केआईआईटी परिवार स्तब्ध र शोकाकुल भएको बताएको छ । तर, केआईआईटी प्रशासन साहको मृत्युको कारणबारे मौन रहेको छ । कलेजले अहिलेसम्म उनको मृत्युबारे बोलेको छैन ।


वीरगन्ज घर भएकी १८ वर्षीया प्रिशा साह हिजो साँझ कलेजको होस्टलमा झुण्डिएर आत्महत्या गरेको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।