Ad Image

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

User Image Mayorsap | २ हप्ता अगाडि
Image of storage/news/1746515158.PNG

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन् ।


प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले उक्त रुलिङ गरेका हुन् ।
 

जनमत पार्टीका सांसद अब्खुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए ।
 

सभामुख घिमिरेले यही वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको कामकारबाही अघि बढाउन आग्रह गरे । चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपश्चात् सदन नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।
 

यही वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२÷८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ ।