मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

राजस्व

सिद्धिचरण नगरपालिका

राजनीतिक दल

हरिपुर्वा नगरपालिका

आन्दोलन

यातायात व्यवस्था कार्यालय कैलालीले १० महिनामा उठायो ६० करोड राजस्व

Mayorsap

शुक्र, बैशाख २६, २०८२ | १७:५७ बजे

कैलाली । यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु ६० करोड ९० लाख राजस्व सङ्कलन गरेको छ ।


यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ४५ करोड ७५ लाख ७३ हजार र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार राजस्व सङ्कलन गरिएको छ । 

 

त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १० लाख ५६ हजार, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट रु ९० लाख ७८ हजार तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ ।


कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु ५६ करोड २८ लाख ९२ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा रु चार करोड ६१ लाख बढी राजस्व सङ्कलन भएको छ । 

 

कार्यालयले अघिल्लो आव २०८०/८१ मा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम रु एक लाख १९ हजार रहेको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology