मेयरसाप

अर्थ

राजनीति

राजनीतिक दल

केपी ओली

निर्माण

स्थानीय तह

पैयुँ गाउँपालिका

संस्कृति

काठमाडौं महानगरपालिका

बडिगाड गाउँपालिका

रास्कोट नगरपालिका

सिरहामा गृहकार्य नगरेको भन्दै विद्यार्थीमाथि निर्घात कुटपिट, शिक्षक पक्राउ

मुकेश कुमार यादव

शुक्र, बैशाख २६, २०८२ | २०:१८ बजे

सिरहा । गृहकार्य नगरेको भन्दै सिरहाको गोलबजार नगरपालिकामा रहेको एक निजी विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ। गोलबजार नगरपालिका– ७ चोहर्वास्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी अविनाश यादवलाई शिक्षक सन्तोष गुप्ताले शुक्रबार मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । 

 

गृहकार्य किन नगरेको भन्दै शिक्षक गुप्ताले अविनाशलाई अर्को कोठामा लगी ढोका बन्द गरेर बाँसको लठ्ठिले निर्घात कुटपिट गरेको परिवारजनले बताएका छन् । शिक्षक गुप्ताको कुटपिटबाट विद्यार्थीको शरीरका विभिन्न भागमा नीलडाम बसेको छ । उनको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा प्रारम्भिक उपचार भइरहेको बताइएको छ । 

 

घटना लगत्तै दोषी शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी गरेका थिए । त्यसपछि शिक्षक सन्तोष गुप्तालाई पक्राउ गरिएको इप्रका गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए ।  घटनाबारे अनुसन्धान भइरहेको र दोषी शिक्षकमाथि कानून बमोजिम कारवाही गरिने उनले बताए ।  
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology