जम्मुमा आज पनि ब्ल्याकआउट, शहरभरि साइरन
Mayorsap
शुक्र, बैशाख २६, २०८२ | २१:५१ बजे

काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको छ । जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मुमा ब्ल्याकआउट भएको र साइरनको आवाज सुनिएको बताएका छन् ।
अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘जम्मुमा ब्ल्याकआउट छ, सहरभरि साइरनको आवाज सुन्न सकिन्छ।’ यसअघि बिहीबार राति पनि पाकिस्तानसँग सीमा जोडिएका जिल्लाहरूमा ब्ल्याकआउट र गोलाबारी भएको रिपोर्ट आएको थियो।
पाकिस्तानले आज पनि आक्रमण गर्ने जोखिमलाई ध्यानमा राख्दै कश्मिरमा ‘ब्ल्याकआउट’ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आज पनि जम्मु, पठानकोट, अमृत शहर लगायतका क्षेत्रको आकाशमा पाकिस्तानी ड्रोन देखिएको समाचारमा उल्लेख छ ।