मेयरसाप

स्थानीय तह

केपी ओली

राजस्व

निर्माण

स्वास्थ्य क्लिनिक

संस्कृति

चुमनुब्री गाउँपालिका

सूर्योदय नगरपालिका

अतिक्रमन

किसान

व्यास नगरपालिका

खोटाङको बराहपोखरी गाउँपालिकामा ६७ वटा योजनामा ४१ वटा सम्पन्न

कूल बजेटको ५८.५७ प्रतिशत खर्च

Mayorsap

शुक्र, बैशाख २६, २०८२ | २२:२२ बजे

खोटाङ । बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएका छन् । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको जानकारीअनुसार सम्झौता गरिएकामध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी छन् ।

 

गाउँपालिकाले चालु आर्थिक वर्षको कूल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च गरेको लेखा अधिकृत छत्रबहादुर बानियाँले जानकारी दिए । लेखा अधिकृत बानियाँका अनुसार चालुतर्फ ६३.६४ र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च गरेको हो । 

 

चालु आर्थिक वर्षका लागि गाउँपालिकाको बजेट रु ३२ करोड ९२ लाख ३५ हजार छ । सङ्घीय समानीकरणतर्फ रु पाँच करोड ४६ लाख ७० हजारमध्ये हालसम्म रु चार करोड ४५ लाख ७५ हजार खर्च भएको छ । सशर्त अनुदानतर्फ रु १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा रु १० करोड चार लाख चार हजार आम्दानी हुँदा रु नौ करोड २० लाख ९५ हजार खर्च भएको छ ।
 

गाउँपालिकामा बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले गाउँपालिकाबाट सम्पादित योजनामाथि जिज्ञासा राखेका थिए । उनीहरुले गाउँपालिकाबाट सम्पादन हुने कार्यक्रम जनमुखी बनाउँदै गुणस्तरमा ध्यान दिन सुझाव दिए । गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख भूबलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीलगायतले जिज्ञासाको जवाफ दिएका थिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology