Ad Image

२०४६ सालयता देशमा चार गुणा भन्दाबढी विकास भएको छ: सभामुख घिमिरे

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746858207.PNG

काठमाडौं । सभामुख देवराज घिमिरेले २०४६ सालयता देशमा चार गुणा भन्दाबढी विकास भएको दाबी गरेका छन् । पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको ‘नेपालको वर्तमान अवस्था: चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

 

उनले २०४६ साल यता देशमा चार गुणा भन्दाबढी विकास भएको दाबी गर्दै व्यवस्थाको कारण अवस्थामा ठूलो परिवर्तन आएको दाबी गरेका छन् । उनले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने जनताको सोचमा परिवर्तन आउन आवश्यक भएको समेत बताए ।

 

सभामुख घिमिरेले संविधान निर्माणदेखि राष्ट्र निर्माणसम्मको यात्रामा पूर्व सांसदहरूले ठूलो योगदान दिएको समेत बताएका छन् ।


कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपालमा गणतन्त्र स्थापनासँगै जनताप्रति उत्तरदायित्वपूर्ण शासन व्यवस्था आएको बताए। उनले राजतन्त्रको विकल्प लोकतन्त्र भएको तर लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन् ।


चौरसियाले १० वर्षे जनयुद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प र कोभिडजस्ता कठिन परिस्थितिबिच पनि सरकारले विकास निर्माणको गति अगाडि बढाएको बताए ।