Ad Image

वन जोगाउँदै काठबाट फाइदा लिन ढिलो भइसक्यो : प्रधानमन्त्री ओली

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746863543.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले वन जोगाउँदै काठ तथा वन पैदावारबाट आर्थिक लाभ लिन ढिला भइसकेको बताएका छन् ।

 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब वैज्ञानिक ढङ्गले वन व्यवस्थापन गरी, इकोसिस्टमलाई जोगाउँदै अग्राखका काठ निर्यात तथा स्वदेशमै प्रयोग गर्ने योजना अघि सारिने जानकारी दिए ।

 

उनका अनुसार नेपालमा कुल भूभागको ४६ प्रतिशत वन क्षेत्र पर्याप्त मानिने भएकाले अब थप वन क्षेत्र विस्तार सम्भव छैन । यस्तो अवस्थामा, वन क्षेत्रको संरक्षण गर्दै, उचित व्यवस्थापनमार्फत ढलेका र उमेर पुगेका रूखहरूबाट लाभ उठाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

 

प्रधानमन्त्री ओलीले राष्ट्रिय निकुञ्ज र आरक्षमा रहेका रुख बिरुवामा हस्तक्षेप नगर्ने स्पष्ट पारे । तर अन्य वन क्षेत्रमा भने वातावरण र विकासबीच सन्तुलन कायम राख्दै विवेकपूर्ण उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

सालघारी फाँड्ने कार्य रोक्नुपर्ने उल्लेख गर्दै उनले पञ्चायतकलाको उदाहरण दिँदै भने, “सालघारी फाँडेर व्यवस्था जोगाउने काम अहिलेको वैज्ञानिक वन व्यवस्थापनको नाममा दोहोरिनु हुँदैन।”

 

उमेर पुगेका र प्राकृतिक रूपमा ढलेका साल रुखहरूबाट फाइदा लिन सकिने प्रधानमन्त्रीको धारणा थियो ।