अमेरिकी विदेशमन्त्री रुबियोको जयशंकर र मुनीरसँग छुट्टाछुट्टै वार्ता


वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग छुट्टाछुट्टै टेलिफोन संवाद गरेका छन् ।
जयशंकरले एक्समार्फत जानकारी दिँदै भने, “भारतको अडान सधैं संयम र जिम्मेवार रहँदै आएको छ, र भविष्यमा पनि त्यही रहनेछ।”
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा रुबियोले भारत र पाकिस्तान दुवैलाई प्रत्यक्ष संवादको माध्यम खोज्न सुझाव दिएका छन्, जसबाट तनाव न्यूनीकरण र गलत बुझाइबाट जोगिन सकियोस् ।
पाकिस्तानी सेना प्रमुख मुनीरसँगको कुराकानीमा पनि रुबियोले तनाव घटाउने उपायमा छलफल गर्दै अमेरिकाले आवश्यक परेमा वार्तामा मध्यस्थता गर्न तयार रहेको प्रस्ताव दोहोर्याएका छन् ।