जाजरकोटमा कारागारभित्रै थुनुवा मृत फेला

काठमाडौं । जाजरकोट जिल्ला कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
भेरी नगरपालिका–१० निवासी २६ वर्षीय दीपक बुढा आइतबार बिहान कारागारभित्र मृत भेटिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिएका छन् ।
“कारागारभित्र झुण्डिएको अवस्थामा भेटिएको हो, घटनाबारे थप अनुसन्धान भइरहेको छ,” डिएसपी शर्माले भने ।
बुढा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहँदै उनको मृत्यु भएको हो ।
घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।