Ad Image

भुम्लुको मुलखर्क भीमसेन स्थानमा ध्यान तथा योग साधना कार्यक्रम सुरु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746965793.jpg

काभ्रेपलान्चोक । बुद्ध जयन्तीको अवसर पारेर काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मुलखर्क भीमसेन स्थानमा २४ घण्टा ध्यान र योग साधना कार्यक्रम आयोजना भएको छ ।

 

भुम्लु गाउँपालिकाद्वारा जारी सूचना अनुसार कार्यक्रम आजबाट सुरु भई सोमबार (भोली) २९ गते बेलुका सम्म सञ्चालन हुनेछ । कार्यक्रम अन्तर्गत विभिन्न ध्यान प्रविधि, योग अभ्यास, र योग साधनाहरू गराइने जनाइएको छ ।

 

आयोजकका अनुसार यो कार्यक्रम मुलखर्क भीमसेन स्थानलाई धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउने लक्ष्यका साथ आयोजना गरिएको हो । कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूले शीघ्र सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ ।

 

योग साधकहरूलाई प्रकृति र अध्यात्मको संगमस्थल मानिने यस स्थानमा एकाग्रता, मानसिक शान्ति, र आन्तरिक अनुशासनको अनुभव गर्न सकिने विश्वास लिइएको छ ।