संवैधानिक निकायका ५२ पदाधिकारी विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं । संवैधानिक आयोगमा तत्कालीन ओली सरकारले गरेका ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आइतबार पनि सर्वोच्च अदालतमा सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको विदेश भ्रमणका कारण केही समय रोकिएको सुनुवाइ आजबाट पुनः सुरु भएको हो । राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रिटमाथि बहस जारी छ ।
२०७७ मङ्सिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत गरिएको नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालसहित १५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।