सत्य निरुपणमा महेश थापा र बेपत्ता छानबिन आयोगमा लिलादेवी गड्तौला सिफारिस


काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको हो ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समितिले दुई आयोगको पदाधिकारी सिफारिस गर्ने निर्णय गरेको हो । आइतबार बेसको सर्च कमिटीको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
आज नामहरु सिफारिस भएपनि मन्त्रालयलाई बुझाउने क्रममा रहेको बताइएको छ । यसअघि आयोगले आयोगको पदाधिकारीका लागि मागेको निवेदनमा १११ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३४ जना सर्ट लिस्टमा परेका थिए । ती मध्येबाट १० जना आयोग पदाधिकारी सिफारिस भएका हुन् । सिफारिस समितिका संयोजक समेत रहेका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने, समितिले नाम सिफारिस गरेको छ । ती नामहरू अहिले गोप्य राखिएको छ ।