Ad Image

धनगढीमा चार्जिङमा राखिएको स्कुटरमा आगलागी

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747049755.PNG

धनगढी । धनगढी उपमहानगरपालिका–४ रातोपुलस्थित एक घरमा चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा अचानक आगलागी भएको छ ।

 

सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको उक्त स्कुटर शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाको भएको प्रहरीले जनाएको छ ।

 

तीन वर्षअघि करिब २ लाख २० हजार रुपैयाँमा खरिद गरिएको स्कुटर सोमबार चार्जिङकै क्रममा एक्कासि जलेर पूर्णरूपमा नष्ट भएको हो ।

 

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।