Ad Image

हाम्रो कारबाही थेग्न नसकेपछि पाकिस्तानले सबैसँग गुहार माग्यो : मोदी

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of storage/news/1747064354.jpg

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको बताए ।  उनले पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको बताए । 
 
पाकिस्तानले तनाव कम गर्न संसारभरि गुहार लगाइरहेका थिए। तबसम्म हामीले पाकिस्तानमा रहेको आतंकवादको संरचनालाई ध्वस्त पारिसकेका थियौं। आतंककारीहरू मारिएका थिए। पाकिस्ताको मुटुमा बस्ने आतंकी अड्डालाई खण्डहर बनाइदिएका थियौं। त्यसपछि पाकिस्तानबाट गुहार लगाइयो। 
 

उसबाट अगाडि कुनै आतंकी र सैन्य दुस्साहस नदेखाउने प्रतिबद्धता जनाइयो। अनि भारतले पनि विचार गर्‍यो। म फेरि दोहोर्‍याए भन्छु, अपरेसन सिन्दुर अहिले स्थगित मात्र गरेका हौं, उनले भने। उनले पाकिस्तानको व्यवहारमा आगामी रणनीति तय गरिने बताए।