Ad Image

जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका ३ जना किशोर फरार

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747119400.jpg

मोरङ । विराटनगरमा रहेको कोशी बालसुधार गृहबाट तीन जना किशोर फरार भएका छन्। जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका तीन जना फरार भएका हुन् ।

 

इलामका १७ वर्षीय र उदयपुर र तेह्रथुमका १८/१८ वर्षका किशोर फरार भएको बताइएको छ । उदयपुरका १८ वर्षीय किशोरलाई १६ वर्ष ८ महिना कैद सजाय तोकिएकोमा तीन वर्षदेखि सुधार गृहमा थिए । 

 

अन्य दुई जनालाई पुर्पक्षका लागि सुधार गृहमा पाँच महिनाअघि ल्याइएको थियो । सुधार गृहमै दुई जना किशोर कक्षा ८ मा र एक जना कक्षा ७ मा अध्ययन गरिरहेका थिए ।