Ad Image

सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालन

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747122840.PNG

काठमाडौं । बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको हो।


इलाका प्रहरी कार्यालय मंगलटारकाका अनुसार सडक केहीबेर अघिबाट दुईतर्फी सञ्चालनमा आएको हो ।


सोमबार राति बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।