Ad Image

ग्यास लिक भएर काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747194329.png

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखनटोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
 
उनले भने, ‘ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।’ दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी भएको हो । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।