एनआरएनएलाई देशको हितमा मात्रै प्रयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई देशको हितमा मात्रै प्रयोग गर्ने बताएका छन् । बुधबार काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले एनआरएनएलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन् । अध्यक्ष ओलीले भने, ‘विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ । नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’
अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर प्रधानमन्त्री ओलीले गरे ।