Ad Image

गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747238290.jpg

काठमाडौं ।  सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्त गरेको हो । विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो।

 

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति फेरि पुनर्गठन गरिएको हो ।