Ad Image

पक्की घर बनाएर विपन्न परिवारलाई वितरण गर्दै कर्जन्हा नगरपालिका

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747241910.jpg

सिरहा । कर्जन्हा नगरपालिकाले अति विपन्न परिवारका लागि सुरक्षित आवासको व्यवस्था गर्न १० वटा पक्की घर निर्माण गरी हस्तान्तरण गरेको छ। फुसको छाना विस्थापित  कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. १ बल्टियामा निर्मित जस्ताको छाना र शौचालयसहितको २ कोठे घर हस्तान्तरण गरेको हो । 

 

नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल ज्यू र उपमेयर लक्ष्मी कुमारी श्रेष्ठले विपन्न परिवारलाई मंगलबार घर हस्तान्तरण गरेका हुन् । कर्जन्हा नगरपालिका, ह्याबिटाट फर ह्युम्यानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको सहकार्यमा उक्त घरहरु तयार गरिएको नगरपालिकाले जनाएको छ ।  

कुल लागत ५८ लाख ६२ हजार ८९३ रुपैयाँ रहेको यस योजनाले घरविहीन तथा असुरक्षित आवासमा बस्दै आएका परिवारको जीवनमा नयाँ आशा थपेको छ । नगरपालिकाले हालसम्म वडा नं. १, ३, ४, ५, ७, ९, १० र ११ गरी आठ वडामा ८० वटा पक्की घर निर्माण गरिसकेको जनाएको छ।