Ad Image

चिनियाँ नेता सियाओ जी काठमाडौंमा

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747279025.jpg

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । 
 

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ ।