Ad Image

नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरको जिम्मेवारी खोसियो

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747284316.jpg

काठमाडौं । काठमाडौंको नागढुंगा नाकामा खटिएका ट्राफिक प्रहरी निरीक्षक (इन्सपेक्टर)ले जनपदका जवानलाई कुटपिट गरेको घट्नामा प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरी जवानलाई कुट्ने इन्सपेक्टर र कुटाइखाने जवान दुवैको जिम्मेवारी खोसिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले जानकारी दिए। 

 

प्रहरी वरिष्ठ उपरीक्षक खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीहरुलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानबिन भइरहेको ब्यहोरा जानकारी गराइन्छ।’
 

केही समयअघि थानकोट नाकामा ट्राफिक इन्सपेक्टरले एक जवानलाई गालामा चड्कन हानेका थिए । डिउटीमा रहेका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरिएको जनाएको छ। 

 

कार्यालयले घटनामा संलग्न देखिएका इन्सपेक्टर र कुटाइ खाने प्रहरी जवान दुवैलाई सोधपुछका लागि बोलाएको छ। तर, प्रहरी जवान पिट्ने इन्सपेक्टर र कुटाइ खाने जवान दुवैको नाम भने कार्यालयले सार्वजनिक गरेको छैन।