Ad Image

लालबन्दी नगरपालिकाले ७१ लाख लागतमा दमकल खरिद गर्दै, खुलायो बोलपत्र

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747304200.jpg

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकाले दमकल खरिदका लागि बोलपत्र आह्वान गरेको छ । 

 

नगरपालिकाले आज एक सूचना जारी गर्दै कुल अनुमानित लागत ७१ लाख रुपैयाँको एक थान दमकल खरिद गर्न बोलपत्र आह्वान गरेको हो ।

 

बोलपत्रमा आवेदन दिन चाहने व्यक्ति वा संस्थाले आगामी जेठ ३० गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । बोलपत्र दस्तावेजको शुल्क तीन हजार र बोलपत्र सुरक्षा रकम एक लाख ७७ हजार पाँच सय तोकिएको छ ।