Ad Image

अर्थ मन्त्रालयले स्वीकृत भएको ऋण नदिँदा स्थानीय सरकार सङ्कटमा: जनार्दन शर्मा

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747377185.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अर्थ मन्त्रालयले स्वीकृत भएको ऋण नदिँदा रुकुमका स्थानीय तहहरू समस्यामा परेको बताएका छन् । 

 

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले स्वीकृत भएको ऋण अर्थ मन्त्रालयले नदिएका कारण यहाँका स्थानीय सरकार सङ्कटमा परेको बताएका हुन् ।

 

उनले रुकुमका स्थानीय सरकारहरूको पूर्ण स्वामित्व भएको स्यार्पु हाइड्रो कम्पनीका लागि स्वीकृत भएको ऋण अर्थ मन्त्रालयले नदिएको बताएका छन् । शर्माले ऋण नपाउँदा स्थानीय सरकार सङ्कटमा परेको भन्दै तत्काल ऋण फुकुवा गर्न माग समेत गरेका छन् ।