रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दामा बहस सकियो


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको मुद्दाको बहस सकिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा भएको बहस सकिएको हो ।
आदेश भने आउन बाँकी छ । केहीबेरमा आदेश आउने रवीन्द्र मिश्रका वकिलले जानकारी दिएका छन् । मिश्र गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।
मिश्रलाई गैरकानुनी रूपमा प्रहरीले हिरासतमा राखेको भन्दै उनकी श्रीमती सारिका कार्कीले रिट दिएकी थिइन्।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नुको कारण देखाउन र उनलाई अदालतमै हाजिर गराउन आदेश जारी गरेको थियो।