Ad Image

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of storage/news/1747397985.jpg

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा उच्च अदालत पोखराले ‘हेर्दाहेर्दै’ मा राखेको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।


मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । अदालतले यसबारेको सूचना लामिछाने र जोशीलाई दिन आदेश समेत दिएको छ ।

 

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा लामिछाने विरुद्ध मुद्दा छ। उक्त मुद्दामा जिल्ला न्यायाधीश नितिज राईको इजलासले गएको पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।

 

लामिछानेका तर्फबाट ६५ लाख धरौटी माग्ने आदेश खारेज  गरी साधारण तारिखमा छाड्न र जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जाहेरवालाकातर्फबाट आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउन माग गरिएको छ ।