Ad Image

यी हुन विश्वका सबैभन्दा धनी ५ क्रिकेटर

User Image Mayorsap | ५ दिन अगाडि
Image of storage/news/1747451995.jpg

काठमाडौं । विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्ति रहेको छ । यसमा केही खेलाडीको कूल सम्पत्ति सय मिलियन डलर भन्दा बढी रहेको छ । उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरका नामका बारेमा बताउने छौं ।

 

यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै अन्य चीजबाट पनि धेरै पैसा कमाउँछन् । क्रिकेट म्याच खेल्नु बाहेक क्रिकेट खेलाडीहरू विज्ञापन, ब्रान्ड एम्बेस्डर, व्यापार र उद्यमहरूसँग सम्बन्धित छन्, जसले यी खेलाडीहरूको आर्थिक आम्दानी बढाउँछ।

 

विश्वका सबैभन्दा धनी खेलाडी सचिन तेन्दुलकर हुन्, जसलाई क्रिकेटका भगवान भनिन्छ । टाइम्स अफ इन्डियाका अनुसार अनुसार सचिन तेन्दुलकरको कुल सम्पत्ति १७० मिलियन डलर छ। यो सूचीमा दोस्रो नम्बरमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । सन २०२४ को रिपोर्ट अनुसार धोनीको कुल सम्पत्ति १११ मिलियन डलर छ। हालको समयमा यो मूल्यमा भिन्नता देख्न सकिन्छ।

 

विराट कोहली यस युगका सबैभन्दा धनी खेलाडी मध्ये एक हुन् । टाइम्स अफ इन्डियाका अनुसार विराटको कुल सम्पत्ति ९२ मिलियन डलर छ । विराटको वन ८ नामका धेरै होटल चेन पनि रहेका छन् ।

 

चौथौं सूचीमा अस्ट्रेलियाली क्रिकेट टिमका पूर्व कप्तान रिकी पोन्टिङ पनि परेका छन् । पोन्टिङको कुल सम्पत्ति करिब ७० मिलियन डलर रहेको छ ।  पाँचौमा भने विश्वका उत्कृष्ट खेलाडीमध्ये एक ब्रायन लारा परेका छन । वेस्ट इन्डिजका पूर्व खेलाडीको कुल सम्पत्ति करिब ६० मिलियन डलर मानिएको छ ।