अधुरो क्रान्ति पूरा गर्न अझै अभियानमै छु : प्रचण्ड

दैलेख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी बलियो भए मात्र देश बलियो हुने बताएका छन् ।
आइतबार दैलेखमा आयोजित सभामा बोल्दै उनले माओवादी सशक्त हुँदा दलित, महिला, मजदुर र किसानको हक अधिकार सुरक्षित हुने दाबी गरे ।
“माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ,” पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले, “त्यही उद्देश्यले म ७० नाघे पनि ३० वर्षे जवानझैँ देश दौडिरहेको छु।”
मध्य पहाडी लोक मार्ग माओवादीको पहलमा बनेको बताउँदै प्रचण्डले त्यसको प्रस्तावक आफू भएको उल्लेख गरे । उनले बाँकी क्रान्ति पूरा गर्न अहिले पनि अभियानमै रहेको जानकारी दिए ।