Ad Image

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिको आधारसम्बन्धी कागजात झिकाउन सर्वोच्चको आदेश

User Image Mayorsap | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbocha (1).jpg

काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझाको नियुक्तिका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । ओझाको नियुक्ति बदरको माग गर्दै परेको रिटमा सर्वोच्चले कागजात झिकाउन आदेश दिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले उक्त कागजात माग गरेको छ । ओझालाई सरकारले गत फागुन १२ गते बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरिएको थियो । अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते नै ओझाको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेकी थिइन् ।