Ad Image

रवि लामिछानेको मुद्दामा बहस सकियो, आदेश आउँदै

User Image Mayorsap | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rabi.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । अब आदेशका लागि न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास तयारीमा जुटेको छ ।

रविको बन्दी प्रत्यक्षीकरण र उच्च अदालतको थुनछेक आदेशविरुद्धको पुनरावेदनमा सुनुवाइ सम्पन्न भएको हो । यससँगै पूर्वडीआईजी छविलाल जोशीको पुनरावेदनमाथि पनि एकै साथ सुनुवाइ भएको छ ।

आजको सुनुवाइमा जाहेरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे । जवाफी बहसमा रविका तर्फबाट रमण श्रेष्ठ र सुशील पन्त तथा छविका तर्फबाट सतिशकृष्ण खरेलले पक्ष राखे । बहस सकिएसँगै आजै आदेश आउँने भएको छ ।