गृहमन्त्री लेखकको बर्खास्ती माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै अधिवक्ता मधु चौलागाईंले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेकी छिन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयका व्यक्ति संलग्न रहेको आशंकासँगै अनुसन्धानको माग तीव्र बनेको बेला रिट पेश भएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार रिट दर्ता हुने–नहुने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय लिनेछ ।