सङ्खुवासभामा भएको आग*लागीमा तीन लाख बढीको क्षति

सङ्खुवासभा । भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा रु तीन लाख बढीको क्षति भएको छ ।
भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । चुल्होबाट आगो सल्किँदा ढुङ्गा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा चार घण्टापछि आगो निभाइएको छ । आगलागीपछि भोटेको परिवार छिमेकीको घरमा बसेका छन् ।